राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण दौरान रुसको मिसाइल आक्रमण
काठमाडाैं | बैशाख १६, २०७९
एजेन्सी: संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले युक्रेनको भ्रमण गरिरहेका बेला रुसले युक्रेनी शहरहरुमा मिसाइल आक्रमण गरेको छ ।
युक्रेनी राजधानी किभबाट एक साताअघि नै पछि हटेको रुसी सेनाले पुनः राजधानी किभ सहितका शहरमा बमबारी गरेको हो ।
युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेससँग पत्रकार सम्मेलन गरेको झण्डै एक घन्टापछि बमबारी शुरु भएको हो ।
रुसले युक्रेन माथि एकैपटक पाँचवटा मिसाइल आक्रमण गरेको जनाइएको छ । रुसको पछिल्लो आक्रमणले विश्वव्यापी संस्थाहरु प्रतिको रुसको दृष्टिकोष स्पष्ट भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ छ ।
यसैबीच अमेरिकाले युद्धग्रस्त युक्रेनको सहयोगका लागि ३ करोड ३० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ ।-
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

